दफा
अनुमतिपत्रको व्यवस्था

(१) जलस्रोतको सर्वेक्षण वा उपयोग गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाले सम्बन्धित विषयको आर्थिक, प्राविधिक र वातावरणीय अध्ययन प्रतिवेदन तथा तोकिए बमोजिमका विवरणहरू खुलाई तोकिएको अधिकारी वा निकाय समक्ष अनुमतिपत्रको लागि दरखास्त दिनुपर्नेछ ।
तर जलस्रोतको सर्वेक्षणको अनुमतिपत्रको लागि दरखास्त दिदा त्यस्तो अध्ययन प्रतिवेदन संलग्न गर्न आवश्यक पर्नेछैन ।
(२) उपदफा (१) बमोजिम परेको दरखास्तमा तोकिएको अधिकारी वा निकायले आवश्यक जाँचबुझ गरी गराई दरखास्त परेको मितिले जलस्रोत सर्वेक्षणको अनुमतिपत्रको हकमा तीस दिनभित्र र जलस्रोत उपयोगको अनुमतिपत्रको हकमा एकसय वीस दिनभित्र तोकिए बमोजिमको ढाँचामा आवश्यक शर्तहरू तोकी दफा ७ को उपदफा (१) मा उल्लिखित प्राथमिकताक्रम अनुसार दरखास्तवालालाई अनुमतिपत्र दिनुपर्नेछ ।
(३) दफा ४ को उपदफा (२) बमोजिम हुनेमा बाहेक यो ऐन प्रारम्भ हुनुभन्दा अगावैदेखि जलस्रोतको उपयोग गरिरहेको व्यक्ति वा सङ्गठित संस्थाले पनि तोकिएको विवरण सहित यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र तेकिएको अधिकारी वा निकाय समक्ष अनुमतिपत्रको लागि
दरखास्त दिनुपर्नेछ ।
(४) उपदफा (३) बमोजिम परेको दरखास्तमा तोकिएको अधिकारी वा निकायले आवश्यक जाँचबुझ गरी दरखास्त परेको मितिले साठी दिनभित्र तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र दिनुपर्नेछ ।
(५) अनुमतिपत्र प्राप्त व्यक्तिले जलस्रोतको उपयोग वापत नेपाल सरकारलाई तोकिए बमोजिमको दस्तुर वा वार्षिक शुल्क बुझाउनुपर्नेछ ।
(६) अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो अनुमतिपत्र विक्री गर्न वा अन्य कुनै प्रकारले कसैलाई हस्तान्तरण गर्नु परेमा तोकिएको अधिकारी वा निकायबाट तोकिएबमोजिम स्वीकृति लिनुपर्नेछ ।